महानगरका कर्मचारीमा डरैडर, अख्तियारबाट उम्कन निकाले यस्तो जुक्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ

काठमाडौं महानगरपालिका तल्ला तहका कर्मचारीले टेकुमा बनाउन लागेको कार्यालय भवनको निर्माण रोकेका छन् । अख्तियारले ठेक्का लगाउँदा भ्रष्टाचार भएको ठहर गरेपछि पनि काम अघि बढाउँदा आफूहरु पनि फस्न सक्ने डरले भवन निर्माण नै रोकेका छन् ।

स्रोतका अनुसार महनगरपालिकाका कर्मचारीले ठेकदार कम्पनी समानान्तर निर्माण सेवालाई काम अघि नबढाउन भनेका हुन् । माथिल्लो तहबाट दबाव आएपनि आफूहरु पनि फस्न सक्ने भएकोले उम्कने सुनिश्चितता खोजेको स्रोतले वताएको छ ।

केही दिन अघि महानगरपालिकाका निर्देशक भैरवबहादुर बोगटीसहित पाँच जनाविरुद्ध गलत लिखित तयार गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा पाँच जनाकै संलग्ननतामा गलत लिखत तयार गरेको उजुरीको आधारमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

निर्देशक बोगटीसहित महानगरपालिकाका खरिद इकाई प्रमुख बखतबहादुर साउँद, उपनिर्देशक सुमन अधिकारी, उपनिर्देशक बीरबहादुर खड्का र इन्जिनियर उमेशकुमार बुढाथोकीलाई महानगरपालिका वडा नम्बर १२, टेकुस्थित एक भवन निर्माण गर्नका लागि गरिएको ठेक्काका लागि सार्वजनिक सूचनामार्फत बोलपत्र आव्हान गरिए बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रको मूल्यांकन प्रतिवेदनमा उनिहरुले गलत लिखत तयार गरेर निर्माण व्यवसायी छनौट गरेको आरोप लागेको छ ।