रञ्जु दर्शनाले किन त्यागिन् विवेकशिललाई ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । पार्टीभित्रको फोहोर सफा गर्ने प्रयास गर्दै आएपनि त्यसलाई सफा गर्न नसकेपछि पार्टी छोड्नुपरेको उनले वताएकी छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले पार्टी परित्याग गरेको धोषणा गरेकी हुन् । पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने उनले स्पष्ट पारेकी छन् ।

उनले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओडेर नेतृत्वले पार्टीमा फोहोर गरिरहेको आरोप लगाउदै पार्टी छोड्नुपरेको वताएकी छन् । पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संवैधानिक राजतन्त्रको वकालत गर्ने गरी ‘विचारभन्दा माथि देश’को एजेण्डा पार्टीमा लागु गराएपछि सो पार्टीमा विवाद देखिएको हो ।

विवाद बढ्दै जाँदा मिश्र पक्षले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

यता पाण्डेले पनि समानान्तर समितको घोषणा गरेका छन् । यही विवादकै बीच मिश्रको एजेन्डालाई अस्वीकार गर्दै दर्शनाले पनि पार्टी परित्यागको घोषणा गरेकी हुन् ।

‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, दर्शनाले भनेकी छन्, ‘पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

उनले पार्टीभन्दा माथि देश हुने पनि बताउँदै पार्टीको जग असली हालेको भएपनि तला थप्ने क्रममा कमसल बन्न पुगेको टिप्पणी पनि गरेकी छन् ।