के छ एमसिसिबारे कार्यदलको योजना ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ७ पुस

एमसीसीबारे टुंगो लगाउन भनेर सरकारले गठन गरेको कार्यदलले छलफल अघि बढाएको छ । कार्यदलले साझा धारणा तय गर्न आजदेखि प्रारम्भिक छलफल सुरु गरेको हो ।

एमसिसिबारे दलहरुको समान धारणा नभएको अवस्थामा नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वमा गठित कार्यदलले एमसीसीबारे सत्तारुढ दलबीच समान धारणा तय गर्ने प्रयास गरेको छ ।

आज खनाल निवासमा बसेको बैठकबाट कार्यदलले त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याएर सञ्चार माध्याममार्फत् नेपाली जनतालाई सुसूचित गर्ने योजना पनि बनाएको छ ।

आज बसेको पहिलो बैठकमा गरिएको प्रारम्भिक छलफल सकारात्मक रहेको कार्य दलका सदस्य समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वताएका छन् ।

मन्त्री कार्कीका अनुसार एमसीसीबारे एकै किसिमको धारणा बनोस् भनेर छलफल प्रारम्भ गरिएको हो । यसमा धेरै छलफल भइसकेको वताउँदै उनले अब यसलाई कसरी एउटा निष्कर्षमा पुर्‍याउने, त्यो बाटोमा जाने दिशामा अग्रसर हुनुपर्नेमा जोड दिए ।