काठमाडौँ ७ पुस
अहिले प्रतिनिधिसभाको दसौँ अधिवेशन चलिरहेको छ । यस अन्तर्गतको तेस्रो बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने बैठकमा केही अध्यादेशहरू स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेका छन् ।
आज १० बटा कार्यासूचिमा छलफल गर्ने संसदले जनाएको छ । तर लामो समयदेखि चलिरहेको एमसिसिको एजेण्डा भने आज आज पनि समावेश भएको छैन । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश स्वीकृतिको लागि पेश गर्नेछन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ।
बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको जनाएको छ। मंगलबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच दुई वटा अध्यादेश स्वीकृत गरिएको थियो ।
प्रतिक्रिया