विवेकशीलका संयोजक मिलन पाण्डे पार्टीबाट निश्कासित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ ६ पुस

काठमाडौँ विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार बसेको बैठकले पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको हो । पाण्डेले पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै निश्काशन गरेको हो ।

सो सम्वन्धमा पार्टीले मंसिर २८ मा पाण्डेलाई स्पष्टीकरण सोध्दै थियो ४ पुससम्म जवाफ दिन भनेको थियो । तर पाण्डेले एक दिन ढिला गरी दिएको स्पष्टीकरणमा तथ्यपरक र चित्तबुझ्दो नभएपछि कारबाही गरिएको उल्लेख छ ।

अध्यक्ष रवीन्द्र मिश्रले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी गतिविधि गरेको आरोप लगाउँदै पाण्डेलाई निष्काशनको घोषणा गरेका हुन् ।