संसद बैठकमा एमालेको नाराबाजी, विरोधकैविच २ अध्यादेश स्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

६ पुस, काठमाडौं

आजको संसद बैठकमा पनि प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदले नाराबाजी गरेका छन् । विरोधकै बीच मंगलबार प्रतिनिधिसभा बैठक सञ्चालन गरिएको छ ।

एमालेका सांसदले विरोध गरिरहेका बेला बसेको मंगलबारको बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ स्वीकृत गरेको छ । यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेशमाथि सांसद प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए ।

त्यस्तै संसदबाट फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश पनि स्वीकृत भएकोे छ ।

बैठक शुरु हुनेवित्तिकै नारावजी गर्न लागेका एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि टेरेका थिएनन् ।

यसअघि मंसिर २८ गते बसेको दशौं अधिवेशनको पहिलो बैठकमा पनि एमालेका सांसद्हरूले नाराबाजी गरेर अवरोध खडा गरेका थिए।