काठमाडौं, ४ पुस
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । प्रमुख सचेतक विशाल भट्टराई अनुसार सो बैठकमा एमालेले नजाने निर्णय गरेको हो ।
प्रधानमन्त्री देउवाले एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न आज अपराह्न सर्वदलीय बैठक बोलाएका छन् । तर एमालेले भने विभाजन गर्न सभामुखले सहयोगी भूमिका खेलेको भन्दै एमाले संसदको नियमित कारबाही प्रक्रियामा सामेल भएको छैन ।
गत २८ जेठमा सभामुखले र १४ असोजमा प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको थिएन ।
प्रतिक्रिया