काठमाडौ ४ पुस
आज आइतबार ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । स्रोतका अनुसार संसद् बैठकमा एमालेले निरन्तर गरिरहेको अवरोध खुलाउने विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।
साही बैठकका एजेण्डाबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि सत्ता गठबन्धनको बैठक बस्ने स्रोतले जनाएको छ । विभिन्न राष्ट्रिय मुद्दामा साझा धारणा बनाउन सत्तारुढ दलको बैठक बोलाइएको वताइएको छ ।
गठबन्धनको बैठकमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुनेछन्।
एमालेले गत भदौ २३ गतेदेखि प्रतिनिधि सभाका हरेक बैठकमा अवरोध गर्दै आएको छ । सोही विषयमा छफफल गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको हो । एमालेको अवरोधकै कारण सरकारका महत्वपूर्ण एजेण्डाहरुमा छलफल हुन सकेको छैन ।
साथै केही महत्त्वपूर्ण विधेयक र अध्यादेश संसदमा पेस हुन पाएको छैन। यसैगरी एमसीसीको विषयमा पनि सवैसंग छलफल गर्नुपर्ने भएकोले भोलिको बैठकमा एमसिसिबारे पनि छलफल हुने स्रोतले वताएको छ ।
संसदमा जारी अवरोधले एमसीसीलगायत समसामयिक राजनीतिक विषयको छलफल हुन सकेको छैन भने दुवै सदनका काम कारबाही प्रभावित हुँदै आएको छ । प्रधानमन्त्री देउवाले बैठक आह्वान गरेको बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी। जनमोर्चा नेपाल, राप्रपालगायत दललाई बोलाइएको छ ।
प्रतिक्रिया