काठमाडौ ३ पुस
प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि आइतबार अपरान्न बस्ने गरी सर्वदलीय बैठक बोलाएका छन्। स्रोतका अनुसार संसद् बैठकमा एमालेले निरन्तर गरिरहेको अवरोध खुलाउने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलिय बैठक बोलाएका हुन् ।
एमालेले गत भदौ २३ गतेदेखि प्रतिनिधि सभाका हरेक बैठकमा अवरोध गर्दै आएको छ । सोही विषयमा छफफल गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको वताइएको छ।
एमालेको अवरोधकै कारण सरकारका महत्वपूर्ण एजेण्डाहरुमा छलफल हुन सकेको छैन । साथै केही महत्त्वपूर्ण विधेयक र अध्यादेश संसदमा पेस हुन पाएको छैन। यसैगरी एमसीसीको विषयमा पनि सवैसंग छलफल गर्नुपर्ने भएकोले भोलिको बैठकमा एमसिसिबारे पनि छलफल हुने स्रोतले वताएको छ ।
प्रतिक्रिया