क्रिकेटरलाई कारबाही गर्ने निर्णय पुर्नविचार गर्न आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं २ पुस

आफूमाथि कारबाही गर्ने निर्णयप्रति आपत्ति जनाउदै चार क्रिकेटरले कारबाहीमाथि पुनर्विचार गर्न आग्रह गरेका हुन् । उनीहरुले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल क्रिकेट संघ (क्यान) समक्ष यस्तो लाई आग्रह गरेका हुन् ।

क्रिकेटर ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले अभिभावकीय भूमिका खेल्न र निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका हुन् ।

आजै जारी विज्ञप्तीमा उनीहरुले भनेका छन्, ‘हामी र हामी जस्ता क्रिकेट खेलमा भविश्य खोजिरहेका खेलाडीहरुले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस् ।’