काठमाडौँ २ पुस
सरकारले पुस ४ गते काठमाडौ उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ । पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
हिजो बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी विदा बारे जानकारी गराएका हुन् ।
प्रतिक्रिया