सौरभ आचार्यको नजरमा नेपाली क्रिकेटको अस्तित्व र संस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष ०२, काठ्माडौं।
नेपाली क्रिकेटमा लामो समय देखी चलेको सबैभन्दा ठुलो लडाई हो अस्तित्व को । नेपाली क्रिकेटको अस्तित्वको लडाईमा समग्र नेपाली क्रिकेट कसको कब्जामा रहने भन्ने सबैभन्दा ठुलो लडाई हो । मुलुकको सत्ता परिवर्तन सँगै नेपाली क्रिकेटको कमाण्डर परिवर्तन क्यानको परम्परा जस्तै बनेको थियो ।
चरम राजनैतिक हस्तक्षेप बाट गुज्रिरहेको क्यानलाई त्यही राजनैतिक हस्तक्षेपको कारण देखाउदै विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले प्रतिबन्द लगायो । क्यानमाथिको प्रतिबन्दमा सबैभन्दा धेरै फाइदा तत्कालीन कप्तान पारस खड्का सहित क्यानका कर्मचारी छुम्मी लामालाई भयो । आईसीसीको निलम्बनमा परे सँगै क्यानको सम्पूर्ण अधिकार छुम्मी-पारसमा निहित भयो । खेलाडी छनौट देखी वार्षिक कार्यतालिका सम्म अफ्नो नियन्त्रणमा राखि रमाइरहेका कप्तान पारस र छुम्मीलाई क्यानको विधान निर्माण देखी निर्वाचन सम्म पटक्कै चित्त बुझेको थिएन । क्यान सहित समग्र नेपाली क्रिकेटमा आफ्नो नियन्त्रण गुम्न सक्ने आंकलन उनीहरुले गरिसकेको थिए । त्यसैको परिणाम हो यो समूहले निर्वाचित क्यानलाई मान्यता नदिन र क्यान माथिको प्रतिबन्द फुकुवा नगर्न आइसीसीलाई पटक पटक पत्राचार गरेका थिए । आईसीसीले यो समूहको पत्रहरुको ठीक विपरीत निर्णय गर्दै क्यानको निर्वाचन र नया समितिलाई मान्यता दिने भएपछि कप्तान पारसले नेपाली क्रिकेटको कप्तानी छोडेका थिए । कप्तान पारसले कप्तानी छोडेको त्यस समयमा ज्ञानेन्द्र मल्ल निर्विकल्प कप्तानको उमेदवार थिए जसले गर्दा सोही छुम्मी-पारस समूहका ज्ञानेन्द्र मल्ल नेपालको क्रिकेट टिमका कप्तान बन्न पुगे ।

सौरभ आचार्य, सूर्योदय नगरपालिका – ६ कन्याम इलाम

क्यान र नेपाली क्रिकेट माथि आफ्नो नियन्त्रण फर्काउन पारसले क्यान अध्यक्षको कुर्सी माथि नजर गाडे । र अधिवेशन मार्फत अध्यक्ष निर्वचित हुन विधानमा उल्लेख भएअनुसारको समय पुर्याउन कै निम्ति क्रिकेट बाट सन्यास घोषणा गरे ।

पारस-छुम्मी र ज्ञानेन्द्र समूहले क्यानले आयोजना गरेको घरेलु प्रतियोगिता नै पनि खेल्न चाहिरहेका छैनन् कारण उनीहरु क्यान स्विकार्ने पक्षमा छैनन् । यता छुम्मी भने माओवादी नेताहरुको आशीर्वादले क्यानमाथि आफ्नो नियन्त्रण राख्ने प्रयास गरिरहेका नै छन् । माओवादीका कार्यकर्ता रहेका छुम्मीले क्रिकेट संघबाट आफ्नो समूहको घट्दो पकडलाई फर्काउन केहि समय अगाडि मात्र राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवको उमेदवारी थिए ।

क्यान निलम्बन रहेको र आफ्नो पकड रहेको बेला न त छुम्मीले नेपाली क्रिकेट विकासको केहि योजना ल्याए न त कुनै ठुलो सोच ल्याए । न ग्रासरूट क्रिकेटमा ध्यान दिए न त सीनियर लेभलमा मात्र आफ्नो पकड बनाइराखे र यो समूहको अन्तिम उद्देश्य पनि यत्ति नै हो ।
राजनीति र नेताहरुको आशीर्वादमा समग्र नेपाली क्रिकेटलाई बन्दी बनाउन खोज्ने राजनीतिक कार्यकर्ता छुम्मी नेपाली क्रिकेटको पछिल्लो चरणको सबैभन्दा ठुलो भाइरस हुन् । देशमा दुइ फ्रेन्चाइज क्रिकेटको सफलता देखेर लोभिएर अर्को फ्रेन्चाइज क्रिकेट आयोजना गर्ने र अझ यसपटक आफ्नै लगानिकर्ता समूह पारस र ज्ञानेन्द्रलाई पनि आफु इतरको प्रतियोगिता खेल्न रोक्नुले यो समूहको छटपटाहट अझ स्पस्ट हुन जान्छ ।

हाल यो समूह जसरी पनि क्यान कमजोर बनाउने नेपाली क्रिकेटलाई फेरी असीसीसीको निलम्बनमा पुर्याउने र क्रिकेटमा आफ्नो गुमेको पकड र मनोमानी फर्काउने अभियानमा लागिपरेको छ । यता दाश मानसिकता बोकेर हिन्ने केहि प्रचार समूह गठन गर्न भने यो छुम्मी-पारस समूह सफल भएको छ । आईसीसीको नीलम्बनमा क्यानलाई कसले अगाडि बढायो ? क्रिकेट कसले अगाडि बढायो ? यो समूहले तयार पारेको प्रचार समूहको तर्क यही हुने गर्छ । तर क्यानलाई निलम्बनको अवस्थामा कसले पुर्यायो भन्ने प्रतिप्रश्नको यो समूहले जवाफ दिदैन । क्यान निलम्बन फुकुवा नगर्न दबाब किन दिन खोजियो यो समूहले जवाफ दिदैन तर हामीले यसैको जवाफ खोज्नपर्छ । क्यानलाई आफ्नो नियन्त्रणमा राख्ने र क्यान भन्दा आफु ठुलो भएको देखाउने रणनीतिक योजनामा मात्र ग्रेडिङको विवाद निकालिएको हो ।

वास्तवमा भन्ने हो भने नेपाली क्रिकेटमा अहिले पहिलेको जस्तो चरम आर्थिक संकट छैन । खेलाडीहरुलाई मात्र म्याच फि मा पनि देशको लागि खेल्न सक्ने अवस्था छ । केहि हद सम्म व्यवसायिक भइसकेको नेपाली क्रिकेटको सफलता नै हो यो पनि । देशको लागि खेल्न एउटा सपना हुन्छ र देशलाई प्रतिनिधित्व गर्न पाउनु नै खेलाडिको सबैभन्दा ठुलो सफलता मानीन्छ । तर यहाँ ग्रेडिङ चित्त बुझेन भनेर समर्थकहरुको सामु गोहीको आशु झारिएको मात्र हो, वास्तवमा क्यानलाई हामी झुकाउन सक्छौ र क्यान तिम्रो होला तर क्रिकेट हाम्रो हो भनेर देखाउन खोजिएको घमण्ड मात्र थियो ग्रेडीङ विवाद । तर यसपटक क्यान झुक्न तयार भएन फलस्वरूप आफुहरुले अरुको अस्तित्व स्वीकार नगर्ने केहि सीनियर र नव खेलाडिहरुले स्पस्ट ढंगले सामाजिक सञ्जालमा मत व्यक्त गरे ।

क्यान बाट ६ महीने कारबाही गरिएका सीनियर खेलाडिहरुले न कतै क्रिकेट छोड्ने अभिव्यक्ति दिए न संकेत । तर राष्ट्रिय टीमका नव खेलाडीहरुले एक पछि अर्को गर्दै I am Done लेखिरहे, जसको अर्थ जो कोहिले बुझ्न सक्छ । आफु भन्दा अन्यको नेतृत्व स्विकार्नै नसक्ने अवस्थाम पुगेको यो गुट सन्दिपलाई कप्तानी सुम्पिने निर्णय सँगै झनै अत्तालियो र उ विरुद्ध मीडिया ट्रायलको लागि नवखेलाडीहरुको I am done को योजनामा पुग्यो ।
मीडिया ट्रायलले अपेक्षाकृत सफलता हासिल गर्न नसकेपछि मिडीया कमाण्डर भएर पूर्व कप्तान तथा गुट साझेदार पारस खड्का आफै इंस्टाग्राम फलो अनफलो को सिद्धान्त लिएर मीडियामा उत्रिए । यसबाट के प्रस्ट हुन्छ भने नेपाली क्रिकेटमा गुमेको आफ्नो पकड फर्काउन नसकेर यो समूह अन्तिम छटपटाहटमा लागिपरेको छ र यो समूहले नेपाली क्रिकेटमा आफ्नो पकड फर्काउन हदै सम्मको अनैतिक हर्कत गर्न सक्ने नै छ जसको बारेमा भने समग्र नेपाली क्रिकेट समर्थक सचेत रहन जरूरी छ ।

परिवर्तन विकासका सन्दर्भमा राजनितिमा सबैभन्दा धेरै प्रयोग हुने शब्द हो क्रान्ति । हो कुनै समय तल रहेको नेपाली क्रिकेटलाई उठाउन खेलाडीको रुपमा पारस र ज्ञानेन्द्र हरुले क्रान्ती गरेकै हुन् तर क्रान्ति गरेकै आधारमा प्रतिक्रान्ति गर्ने छूट भने कसैलाई हुदैन । क्रान्ति गरि पुनः प्रतिक्रान्ती गर्न खोज्नेहरुलाई राजनीतिमा गद्दार भन्ने गरिन्छ । ठिक त्यस्तै कुनै समय क्रिकेट क्रान्तिका मसीहा बनेका पारस ज्ञानेन्द्र हाल छुम्मी-पारस समूह मार्फत प्रतिक्रान्ति गर्दैछन् । यो समूह तत्काल नसच्चिएमा नेपाली क्रिकेट समर्थकहरुले यो समूहलाई गद्दार घोषणा गर्नुको विकल्प रहने छैन ।