कांग्रेस महामन्त्री मतगणनाः गगन थापा जितको नजिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

१ पुस, काठमाडौं

नेपाली कांग्रेसको महामन्त्रीको जारी मतगणनामा गगन थापा अग्रता कायमै रहेको छ । हालसम्मको पाएको मतले उनको जित सुनिश्चित भएको देखाएको छ ।

अहिलेसम्म ४०९० मतगणना हुँदा उनले २६४४ मत पाएका छन् । दोस्रो स्थानमा रहेका विश्वप्रका शर्माले १६८५ मत पाएका छन् । त्यस्तै प्रकाशशरण महतले १३५७, प्रदीप पौडेलले १२१७, डा. मिनेन्द्र रिजालले ७०६ र राजाराम कार्कीले ९२ मत पाएका छन् ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा भइरहेको मतगणनामा अब करिब ६ सय मत गन्न बाँकी छ ।जम्मा ४६७९ मत खसेको थियो । गगनले पाएको मत अरु उम्मेदवारले पाएको भन्दा ९०० ले बढी हो ।