२५ सय मतगणना सकिँदा १६ सय बढी मत सहित गगन पहिलो स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पुष ०१, काठमाडौँ।

नेपाली काँग्रेसको महामन्त्री पदको लागि भइरहेको मतगणनामा गगन थापाको अग्रता कायमै रहेको छ।

२५२० मतको गणना सकिँदा गगन १६४८ मतका साथ पहिलो स्थानमा छन् । विश्वप्रकाशले १०१९ मत ल्याएर दोस्रो स्थानमा आफूलाई सुरक्षित राखेका छन् । डा.प्रकाशशरण महत ८२७ , प्रदीप पौडेल ७४६ , मिनेन्द्र रिजाल ४३६ र डा.राजाराम कार्की ६४ मत प्राप्त गर्नु भएको छ।

गत सोमबार दुई महामन्त्रीका लागि निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा.प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ ।