पुष ०१, काठमाडौँ।
नेपाली काँग्रेसको महामन्त्री पदको लागि भइरहेको मतगणनामा गगन थापाको अग्रता कायमै रहेको छ।
२१२० मतको गणना सकिँदा गगन १३८५ मतका साथ पहिलो स्थानमा छन् । विश्वप्रकाशले ८५१ मत ल्याएर दोस्रो स्थानमा आफूलाई सुरक्षित राखेका छन् । डा.प्रकाशशरण महत ६९८, प्रदीप पौडेल ६२१, मिनेन्द्र रिजाल ३६५ र डा.राजाराम कार्की ५९९ मत प्राप्त गर्नु भएको छ।
गत सोमबार दुई महामन्त्रीका लागि निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा.प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया