९ सय मत गणना हुदाँ ५५९ मत सहित गगनको अग्रता कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पुष ०१, काठमाडौँ।

नेपाली काँग्रेसको महामन्त्री पदको लागि भइरहेको मतगणनामा गगन थापाको अग्रता कायमै रहेको छ।

९०० मत गणना हुँदा गगनकुमार थापा ५५९ , डा प्रकाशशरण महत २९७ , प्रदिप पौडेल ३०० , डा मीनेन्द्र रिजाल १५३ , विश्वप्रकाश शर्मा ३५७ मत पाउनु भएको छ ।

गत सोमबार दुई महामन्त्रीका लागि निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ ।