पुष ०१, काठमाडौँ।
नेपाली काँग्रेसको महामन्त्री पदको लागि भइरहेको मतगणनामा गगन थापाको अग्रता कायमै रहेको छ।
६ सय मत गन्दा गगन थापाले ३८१ मत पाएका छन् । विश्वप्रकाश शर्माले २३१ मत पाएका छन् भने प्रदीप पाैडेलले २०६ तथा प्रकाशशरण महतले २०१ मत पाएका छन् ।
मीनेन्द्र रिजालले १०१ मत पाएका छन् ।।
गत सोमबार दुई महामन्त्रीका लागि निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया