राष्ट्रिय सभा निर्वाचनको लागि दल दर्ताको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ १ पुस

निर्वाचन आयोगले निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन चाहाने दलको लागि दर्ताको आह्वान गरेको हो ।

राष्ट्रिय सभाका १९ सदस्यको पद आगामी फागुन २० गते रिक्त हुँखै छ । ति पदका लागि हुने निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिन सकिने गरी आयोगले दल दर्ता गर्न आह्वान गरेको हो ।

राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन सदस्य छन्।

राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ १२ गते हुदै छ । त्यसको लागि आयोगले तयारी तीव्र बनाएको छ ।
निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ।

रिक्त हुन लागेका एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ। उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यक्रम भने पुस २० गते हुनेछ ।

उक्त निर्वाचनमा भाग लिने उम्मेदवारलाई पुस २५ गते निर्वाचन चिह्न प्रदान गरिने आयोगले जानकारी दिएको छ । त्यस्तै पुस २५ देखि माघ ११ गतेसम्म उम्मेदवारले प्रचारप्रसारको अवधि प्राप्त गर्ने छन् ।

माघ १२ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।