पुष ०१, काठमाडौँ।
नेपाली काँग्रेसको महामन्त्री पदको लागि भइरहेको मतगणनामा गगन थापाको अग्रता कायमै रहेको छ।
४०० मत गणना हुँदा गगनकुमार थापा २६० मतका साथ अग्र स्थानमा छन् भने विश्वप्रकाश शर्मा १४८ मतका लिई उनलाई पनछाईरहेका छन्। डा.प्रकाशशरण महत १२६ , प्रदिप पौडेल १४६ , डा मीनेन्द्र रिजाल ७४ मत पाउनु भएको छ ।
गत सोमबार दुई महामन्त्रीका लागि निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा प्रकाशशरण महत, प्रदिप पौडेल, डा मीनेन्द्र रिजाल, डा राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया