काठमाडौ १ पुस
सुनको भाउ आज पनि बढेको छ । आज नेपाली बजारमा सुनको भाउ तोलामा एकैदिन ७०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन प्रतितोला ९३ हजार र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको जानकारी दिएको छ ।
बुधबार पनि ३ सयले बढेर छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ३०० र छापावाल सुन ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य प्रतितोला १२१० रुपैयाँ तोकिएको थियो ।
आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।
प्रतिक्रिया