नेपालमा पनि भिया फराता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पौष ०१, काठमाडौं ।
यूरोप र अमेरिका लगायतका देशहरुमा साहसिक खेलको रुपमा लिने गरिएको भिया फराता अब नेपालमा पनि निर्माण भएको छ ।
काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमश्रृंखलामा रहेका विभिन्न उचाईका हिम चुचुराहरु आरोहण गर्न सहज होस् भनि भिया फराता निर्माण गरिएको हो । भिया फराता अर्थात फलामको बाटो नेपालमा पहिलोचोटी निर्माण गरिएको छ।यसलाई साहसिक यात्राका लागि प्रयोग गरिन्छ ।

विश्व युद्ध ताका युद्ध लड्नका लागि एक गाउँबाट अर्काे गाउँमा गइ आक्रमण गर्नका लागि यो भिया फराता प्रयोग गर्ने गरिन्थ्यो । जुगल हिमश्रृंखलाका फरक फरक उचाईका ६ ओटा हिमचुचुराहरु आरोहणका लागि ४७ सय २० मिटर उचाईमा रहेको बेसक्याम्प ङ्याङखर्क जानुपर्छ र यहि बेसक्याम्प जानका लागि यो भिया फरता निर्माण गरिएको हो ।

 

 

८० मिटर लामो रहेको भिया फरता समुन्द्रि सतहबाट ४१ सय मिटर उचाईमा रहेको पहरमा निर्माण गरिएको छ । यो भिया फरता निर्माणले जुगल हिमश्रृंखलामा रहेका बिभिन्न चुचुराहरु आरोहण गर्न निकै सहज हुने यो परियोजनाका समन्वयकर्ता तथा सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङले बताएका छन् । भिया फरता निर्माणले जुगल र सिन्धुपाल्चोक मात्र नभइ नेपालको समग्र पर्यटन क्षेत्रको बिकासको लागि एक कोशे ढुंगा सावित हुने तामाङको दाबी रहेको छ ।

अन्तराष्ट्रिय माउन्टेन गाइड तुलसी गुरुङको नेतृत्वमा ७ जना माउन्टेन गाइडहरुले २५ दिन लगाएर यो परियोजना सम्पन्न गरिएको थियो ।

परियोजनाका लागि पर्यटन बिभागले आवश्यक रकम बिनियोजन गरेको थियो । नेपालमा हिमाल पर्यटनले ६ दशक पार गरेपनि राजधानीबाट नजिकै रहेको हिमचुचुराहरु अनक्लाइम्बिङको रुपमा रहेको हिमाललाई २०७५ चैत्र २६ गते नेपाली तथा स्थानीय हिमाल आरोहीहरुले प्रथम पटक यस श्रृंखलाका बिभिन्न चुचुरहरुमध्ये ६ हजार एकसय ५१ मिटर उचाईको ग्याल्चेन पिकको सफल आरोहण गरेको थियो । आरोहणपछि यस क्षेत्रको पुर्वधार निर्माणका लागि स्थानीय, प्रदेश र संघिय सरकार निरन्तर लागि परेको छ । यसै क्षेत्रका निर्वाचित जनप्रतिनिधि हाल सभामुख अग्निप्रसाद सापकोटा यस क्षेत्रको पर्यटन बिकासका लागि निरन्तर लागिपरेको छ र यहि परियोजना बजेट बिनियोजनका लागि सभामुख सापकोटाले बिशेष पहल गरेको थियो ।

पुर्व मन्त्रिद्वय अरुण नेपाल, सरेश नेपाल र पालिका अध्यक्ष होमनारयण श्रेष्ठ लगायतका सबै राजनीतिक दलका नेताहरु यस क्षेत्रकोु पर्यटन बिकासका लागि निरन्तर लागि परेका हुन् । नेपालमा पहिलोचोटी निर्माण गरेको यो परियोजनाले पर्यटन विभागलाई थप उत्साहित बनाएको बिभागका ईन्जिनियर सचिन्द्र यादवले बताएका छन् । खानी सेवा प्रा.लि.को ठेक्कामा रहेको परियोजनामा भिया फरतासँगै नेपेमासालबाट बुम्बाशेर्बुसम्म करिब ३ हजार सिंडी र माउन्टेन हटहरु समेत निर्माण कार्य जारी रहेको छ ।

परियोजनामा हजार सिंडी रहेपनि आफ्नै गाउँठाउँ रहेकोले डिजाइनिङमा रहेकोभन्दा अझै धैरै र राम्रो गर्ने प्रयासमा रहेको खानी सेवा प्रा.लिबाट दोस्रो ठेक्का लिने टेक्निक कन्सट्रक्शन प्रा.लि.का संचालनक महेश चौलागाईले बताए । यो परियोजना सम्पन्न गर्ने जिम्मा पाएकोमा निकै उत्साहित रहेको चौलागाई बताउछन् ।


२ सय मिटर ठाडो उकालो पहरमा निर्माण गरेको भिया फरता बिना सेफ्टि र बिना गाइड चड्न मनाही गरिएको छ । यसमा चड्नको लागि अनिवार्य २ ओटा सेफ्टि सिलिङ, हेलमेट, हार्नेस् र हातमा पञ्ज लगाएर मात्र चड्ने अनुमति दिएको छ । अवस्था हेरेर केहि मिटरको दुरीमा एङ्कर राखिएको छ । एङ्करमा पुग्ने बितिकै २ ओटा क्यारिबिना मध्ये होशियारका साथ एउटा क्यारिबिना सार्ने र लक गर्ने बल्ल अर्काे क्यारिबिना सार्ने लक गर्ने अनि अगाडी बढ्ने । क्लाईम्बिङ गर्दा साइडमा राखेको सेफ्टी फलामको तारमा अनिवार्य समत्ने र राम्रोसँग रडमा टेक्नुपर्दछ ।

रडको लम्बाई १५ ईन्च र चौडाइ १० ईन्च रहेको र ७ ईन्च ढुंगभित्र छिराइएको छ । टेक्ने रड २० एमएम र २ सय मिटर लम्बाईको सेफ्टि तार ८ एमएमको र एङ्कर १० बोल्डको राखिएको छ ।
काठमाण्डौबाट अरनीको राजमार्ग हुदै बलेफी, जलबिरे, ढाँडे, कातिके गुम्बासम्म ५ घण्टाको गाडी सवारपछि ४ घण्टा पैदल यात्रामा पहिलो रात शेर्पा बस्ति तेम्बाथाङमा पुगिन्छ । दोस्रो दिन अन्तिम मानव बस्ति दिप्पु गाउँ हुदै छेन्दाङ, तोङश्युपबाट करिब ८ घण्टाको पैदल यात्राबाट नेपेमासाल पुगिन्छ । तेस्रो दिन बुम्बाशेर्पु ग्यापखर्क हुदै ३ घण्टाको पैदल यात्रापछि भिया फरतामा पुगिन्छ । करिब एक घण्टाको भिया फरताको चडाइपछि ३ घण्टाको हिडाइँपछि ४७ सय २० मिटर उचाईको बेसक्याम्पमा पुगन्छि ।

 

 

पहिलो रात तेम्बाथाङमा होमस्टेमा बास र दोस्रो दिन माउन्टेन हट अर्थात हिमाली सामुदायीक भवनमा बास बसिन्छ । काठमाण्डौबाट एक हप्तामा हिमाल आरोहण गर्न सकिने एकमात्र गन्तब्य जुगल हिमश्रृंखला आन्तरिक तथा बाह्य पर्यटकका लागि पछिल्लो चरणमा आकर्षक गन्तब्यको रुपमा बिकास हुदै आएको छ ।

हिमाल आरोहण सँगै बौद्धमार्गीहरुले जानै पर्ने ठाउँ हो नेपेमासाल । भगवानको पनि स्वार्ग भनेर चिनिने नेपेमासाल अठौ शताब्दिमा गुरु रिन्पोचेले यस क्षेत्रमा लामो समय बिताएको लामा पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ । प्राकृतिक सुन्दरता र धार्मिक महत्व रहेको यस क्षेत्रलाई बिकास र प्रवर्द्धन गर्न सकिएमा नेपालको पर्यटन उद्योगमा एक आकर्षक गन्तब्य हुनेमा कुनै दुइमत रहेको छैन ।