चाँगुनारायण नगरपालिकामा अख्तियारको छानविन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ २९ मंसिर
स्थानीय निकायका अनियमितताको बारेमा व्यापक उजुरी आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानमा तदारुकता देखाएको छ । पछिल्लो पटक आयोगले ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा छापा मारी विभिन्न कागजात बरामद गरेको छ ।

अख्तियारमा धेरै उजुरी परेपछि चाँगुनारायणमा छापा मारी विभिन्न कागजात बरामद गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले वताएका छन् । उनका अनुसार अख्तियारको टोलीले विभिन्न विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना, आर्थिक प्रशासन र खरिद प्रक्रियासँग सम्बन्धित कागजातको प्रतिलिपि बरामद गरेको छ ।

खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै उजुरी परेपछि आयोगले चाँगुरारायणमा ऋषिराम भट्टराईको नेतृत्वमा टोली नै खटाएर छापा मारेको हो । उक्त पालिकाले खरिद र भुक्तानीमा अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।