जय यादव।
मङ्सिर २८ ,काठमाडौ।
अन्य भेरिएन्टको तुलनामा ओमिक्रोन भेरिएन्टमा म्युटेशनको मात्रा अत्यधिक देखिएको डा.रुणा झाले बताउनु भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुणा झाले स्वास्थ्य मन्त्रालयले जारि गर्दै आएको कोरोना सम्बन्धि अद्याधिक सुचनाको माध्यम प्रयोग गर्दै ओमिक्रोनमा हुने म्युटेशनको मात्रा अरु भेरिएन्टको तुलनामा अत्यधिक भएको बताउनु भएको हो।
चीनमा देखिएको सुरुको कोरोना भाईरसका विभिन्न भेरिएन्टहरु अल्फा, बिटा र डेल्टामा देखिएका म्युटेशन भन्दा ओमिक्रोनमा धेरै देखिएको उहाँले बताउनु भयो।
ओमिक्रोन भेरिएन्टको म्युटेशन बारे उहाँले,”म्युटेशन भनेको भाइरसको जिनमा हुने एउटा साधारण
परिवर्तन हो जसले यसको तत्त्वमा निकै परिवर्तन गर्छू”भन्नु भयो।साथै केहि म्युटेशनहरु पहिला कै भेरिएन्टमा भएका छन् भने केहि नयाँ पनि देखिएको उहाँले बताउनु भयो।
डा.रुणा झाले एक भिडियो मार्फत नै सन्देश दिदै,ओमिक्रोन भेरिएन्टलाई सहजमा नलिन आग्रह समेत गर्नु भएको हो। २४ नोभेम्बरका दिन दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरिएन्टलाई २ नोभेम्बरमा विश्व स्वास्थ्य संगठनले आधिकारिक पुष्टि गरेको थियो।
यसबाट बच्नका लागि स्वास्थ्य मापदण्डका सबै सावधानी अपनाउनु पर्ने आग्रह गर्दै डा.झाले कोरोना बिरुद्धको खोप अनिवार्य लगाउन संदेश दिनु भयो।
उहाँले सन्देशमा,”ओमिक्रोनबाट बच्न ठोस उपाय भनेको खोप नै हो ,न डराई सबैले खोप लगाउनु होस्”भन्नु भयो।
प्रतिक्रिया