आठ महिनादेखि सम्पर्क बिहिन उपेन्द्रलाई रोल्पा प्रहरीले घर पठायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मङ्सिर २७,रोल्पा ।
आठ महिनादेखि सम्पर्क बिहिन रहेका उपेन्द्र रामलाई रोल्पा प्रहरीले घर पठाएको छ। रोल्पाको ईलाका प्रहरी कार्यालय सुलिचौरको सहयोगमा उपेन्द्र राम घर फर्कन सफल भएका हुन्। उनि गत २५ गते सुनिल स्मृति गाउँपालिकाको सुलिचौर स्थित रोल्पा प्रहरीको सम्पर्कमा आएको ईलाका प्रहरी कार्यालय सुलिचौरका इन्स्पेक्टर लक्ष्मण ओलीले बताउनु भयो। उहाँले घामछायाँसंगको फोन सम्पर्कमा बोल्दै ,”उपेन्द्रको अवस्था माग्ने व्यक्ति जस्तो देखिए पनि कुरा कानी स्पष्ट गर्न सक्ने थियो ,उहाँ संग जे जे सोधियो सबै जवाफ दिनुभयो र हामीलाई आफ्नो घर पर्साको बिन्दवासिनी भएको बताउनु भयो” भन्नु भयो।

त्यसपश्चात त्याहा स्थित प्रहरी चौकीलाई सम्पर्क गरिएको ओलीले बताउनु भयो।

पर्साको वीरगंज महानगरपालिकाको वडा नम्बर १९ विन्दवासिनी स्थायी घर भएका उपेन्द्र रामका उनका कान्छो भाइ दिपेन्द्र रामको जिम्मा लगाईएको इन्स्पेक्टर ओलीले बताउनु भयो।

बिगत ८ महिनादेखि उपेन्द्र बेपता रहेका उनका कान्छो भाई दिपेन्द्र रामले बताउनु भयो। उनका अनुसार साथीहरु संग उपेन्द्र काठ्मण्डौ काम गर्न गएका र उतै बाट बेपता भएका थिए। सोधपुछ गर्ने बेला उपेन्द्रले आफु काठ्मण्डौबाट घर जान चढेको बस चिन्न नसकेर यता आएको बताउनु भयो। उहाँले ,घर जाने बस सम्झेर चढेको पछि त कहाँ पुगियो थाहै भएन” भन्नु भयो। घर फर्कन उनीसंग पैसा नभएकोले भौतारिनु परेको उपेन्द्रले बताउनु भयो।