हरेक युवालाई विभीषण बन्नै पर्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर २७ ,पर्सा।
युवा शक्ति राष्ट्रको अमुल्य सम्पति हो |युवाको परिभाषा अनेक मुलुकका संवैधानिक व्यवस्था वा प्रतिवेदनका आधारमा तय भएका छन् |नेपालमा राष्ट्रिय युवा नीति ,२०७२ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समुहको जनसंख्यालाई युवा जनाएको छ | जसको जनसंख्या नेपालको कुल जनसंख्याको ४०.३ प्रतिशत रहेको छ | यो उमेरमा युवाहरुले क्रान्तिकारी परिवर्तनशील र अग्रगामी शक्ति भएर समाज र देश परिवर्तन गर्न सफल भएको देश -विदेशमा घटेको घटनाक्रमबाट देखिएको छ |

माओले युवाहरुलाई लक्षित गर्दै भनेका थिए -“यो संसार तिमीहरुको पनि हो ,हाम्रो पनि हो ,तर अन्त्यमा यो संसार तिमीहरु कै हो।” वास्तवमा युवाहरु राष्ट्र निर्माणका मुख्य स्रोत हुन् | विश्व इतिहास हेर्दा प्रत्येक तानाशाहको अन्त्य युवाहरुले नै गरेका हुन् | विश्वको इतिहासमा हजारौ युवा -विधार्थीको बलिदानले आज संसारले तानाशाहसंग मुक्ति पाएको छ | ४ मे १९१९ युवा -विधार्थी को विरोधले चिनिया तनाशाहको अन्त्य भयो |यसै गरि युवा र विधार्थीको विद्रोहले गर्दा १६ जुन १९७६ मा दक्षिण अफ्रीकाका काला जातिका विधार्थीहरुले विभेदकारी शिक्षा एन विरुद्ध विद्रोह सफल पारे | हाम्रै देशमा राना शासन विरोद्धको आन्दोलन होस् वा राजतन्त्र विरोद्धको आन्दोलन वा मधेश आन्दोलन ,युवाको भूमिका महत्वपुर्ण रहेको छ | युवाको मन चंचल हुनुपर्यो। नालामा रुकेको पानि पनि फोहर र बेकामको हुन्छ तर नदि बाट बगी रहेको पानि सफा हुन्छ |

मो.सागिर अली ईकाई सचिव ,राष्ट्रिय विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस वीरगंज,पर्सा

 

पछिल्लो १० वर्षमा युवाहरुका मुद्धामा कुरा गर्ने मुलधारको नेतृत्व एवं युवा पुस्ता बिचको सेतुको काम गर्ने युवा नेतृत्वको खडेरी देखिदै आएको छ | देशका राजनीतिले युवालाई बाईपास गरि देशको भविष्यलाई गलत दिशा दिँदैछ। हरेक पार्टी भित्र सक्रिय कार्यकर्ता युवा र विधार्थी भए ता पनि युवाको भूमिका नेताको स्वागत र चुनाव प्रचारसम्म सीमित रहेको देखिन्छ। देशका आधी युवा खाडीतिर र बाकि पब्जी र टिकटकमा व्यस्त छन्। २०७३/०७४ मा ६ लाख ५८ हजार ९ सय ७८ जना वैदेशिक रोजगारीका लागि विदेशिएका छन्। युवा र विधार्थी राजनीतिमा नयाँ उर्जा दिने प्रयास गरि रहेको पनि देखिन्छ तर चाकरी गर्ने प्रविधि भएको मात्र अगाडि आउन मौका पाउन्छन। तनिक निजि स्वार्थका लागि देशलाई बरबाद नगरौं।

 

तनिक निजि स्वार्थका लागि देशलाई बरबाद नगरौं। हरेक पार्टीका युवा तथा विधार्थीले आफनो पार्टीको भ्रष्ट नेतालाई तह लगाउनु पर्छ। त्रेता युगमै भगवान विष्णुको अवतार श्री रामले आउने युगलाई सन्देश दिएका हुन्। उहाँको हरेक लीलामा केही महत्वपूर्ण सन्देश थियो जस मध्ये एक रावणको भाई ‘विभीषण’। भगवानलाई स्वम ग्यात थियो रावणको अन्त कसरी गर्ने तर कलयुगका रावणको अन्त्य गर्नलाई युवाको लागि सन्देश थियो। निरंकुश शासक जो कोई होस् उसको विनाश गर्नै पर्छ। यदि तपाइको नेता रावण छ भने हरेक कार्यकर्तालाई विभीषण बनि भ्रष्टाचार,लुट,अपराधका लंकाको दहन गरि धर्मको पालना गर्नुपर्छ।कुम्भकरण जस्तो निन्द्रामा रह्यो भने परिणाम पनि त्यहि हुन्छ जे कुम्भकरण को भएको थियो |
सङ्कल्प गरौं आउने निर्वाचनमा हाम्रो होइन,राम्रो नेताको च्यन गरौं।