कांग्रेस महाधिवेशनः मतदान जारी, प्रमुख नेताले खसाले भोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ २७ मंसिर

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि आज मतदान भैरहेको छ । मतदानमा सोमबार दिउँसोसम्म ६०० मत खसेको निर्वाचन समितिले जनाएको छ । काँग्रेसमा महाधिवेशन प्रतिनिधि ४ हजार ७ सय ४३ जना रहेका छन् । ति प्रतिनिधिले १ सय ३४ सदस्य छान्नेछन् ।

दिउँसो १२ बजेदेखि सुरु भएको मतदानमा सभापतिका सभापतिका प्रत्यास शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधिसहित उपसभापतिका उम्मेदवारद्वय विजयकुमार गच्छदार र सुजाता कोइराला, नेताहरु डा रामशरण महत, सुनिलबहादुर थापा, गृहमन्त्री बालकृष्ण खाँण, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी लगायतले मतदान गरिसकेका छन् ।

यसैगरी मतदान स्थलमा अन्य नेता भने भोट हाल्न लामबद्ध भएका छन् । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।