काठमाडौ २६ मंसिर
रुवाण्डाले नेपालसंग हवाई सम्झौताको प्रस्ताव गरेको छ । रुवाण्डाका गैर आवासीय राजदुत जेक्युलिनी मुकाङ्गीराले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग नेपाल र रुवाण्डा बीच दुइ पक्षिय हवाइ उडानको सम्झौताको प्रस्ताव गरेका हुन् ।
मन्त्री आलेसँग आज आइतबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदुत मुकाङ्गीराले नेपाल र रुवाण्डा बीच अहिले सम्म हवाइ सम्झौता नभएकाले हवाइ सम्झौताका लागि प्रस्ताब गरेका हुन् ।
राजदुत मुकाङ्गीराले राखेको दुइ पक्षिय हवाइ उडानको सम्झौता प्रस्तावलाई सकारात्मक भएको वताउँदै मन्त्री आलेले सऔपचारिक माध्यमबाट उक्त प्रस्ताबको प्रक्रिया अगाडी बढाइने वताए ।
मन्त्री आलेले भने “दुइ पक्षिय हवाइ उडानको सम्झौता प्रस्ताब हामीले सकारात्मक रुपमा लिएका छौँ, औपचारिक माध्यम तथा छलफलबाट प्रक्रिया अगाडी बढाउने छौँ ।”
भेटका क्रममा राजदुत मुकाङ्गीराले नेपाल र रुवाण्डा बीच हवाइ सम्झौता गरिए पर्यटक प्रद्धनमा फाइदा हुने भएकाले उक्त सम्झौता गर्न आवश्यक रहेको वताए ।
उनले भने “रुवाण्डाका पर्यटक भित्रयाउनका लागि भएपनि नेपाल र रुवाण्डा बीच हवाइ सम्झौता गर्न आवश्यक छ, उक्त सम्झौताले दुइ देश मित्रता पनि थप कायम हुँने छ ।”
भेटका क्रममा राजदुत मुकाङ्गीराले संस्कृति तथा पर्यटन क्षेत्रमा दुइ पक्षिय सहयोग आदान प्रदान हुनु पर्ने आग्रह गरे ।
भेटका क्रममा मन्त्रालयका सचिब महेश्वर न्यौँपाने तथा सह सचिब बुद्धिसागर लामिछानेको सहभागिता रहेको थियो ।
प्रतिक्रिया