काठमाडौँ २६ मंसिर
नेकपा एमालेले आज स्थायी कमिटी र पोलिटव्यूरो गठन गर्दै छ । आज बिहान ११ बजे गठ्ठाघर भक्तपुरमा सुरु हुने केन्द्रीय कमिटीको बैठकले सो सम्वपन्धी निर्णय गर्ने वताइएको छ ।
यसका लागि ६ वटा कार्यसूची तय गरिएको छ । केन्द्रीय कमिटीको दोस्रो बैठक शनीबारदेखि शुरु भएको थियो । शनीबारको बैठकमा केही केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराइएको थियो। बैठकमा छलफलका लागि विभिन्न १५ वटा कार्यसूची तय भएको थियो ।
आज आइतबारको बैठकमार्फत ४५ जनालाई स्थायी सदस्य बनाउने गरी अध्यक्ष केपी ओलीले गृहकार्य गरेको स्रोतले वताएको छ । जसमा १९ जना पदाधिकारी, स्थायी समितिका पूर्व सदस्य, नवौँ महाधिवेशनपछि पोलिटव्यूरोमा रहेका १७ नेता र नवौँ महाधिवेशनअघि नै पोलिटव्यूरो सदस्य रहेर बिचमा छुटेका नेताहरु समेटिने सम्भावना छ ।
प्रतिक्रिया