शुक्रबार २५९ जनामा सङ्क्रमण ३ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, मङ्सिर २४

शुक्रबार थप २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा १० हजार ४८७ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ७८६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४८७ जनाको परीक्षण भएको छ । हालसम्म ४७ लाख दुई हजार ८३८ जनाको पीसीआर परीक्षण गरिएको छ।

नेपालमा पछिल्लो २४ घण्टामा ३३७ जनाले कोरोना जितेका छन् ।यो सँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या आठ लाख छ हजार २३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ५५२ पुगेको छ।