पूर्व डिआइजी रमेश खरेलले खोले नेपाल सुशासन पार्टी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ २४ मंसिर

नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले नयाँ पार्टी घोषणा गरेका छन्।

पूर्वडिआइजी खरेलले नेपाल सुशासन पार्टी घोषणा गरेका हुन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाए पार्टीलाई अघि बढाउन पार्टी खोलेको वताए ।

देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन नयाँ पार्टी खोलेको दावी गरे ।

सबैभन्दा पहिला राष्ट्रियतालाई शिरमा राख्ने वताउदै उनले देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेण्डा बनाएको उल्लेख गरे । सेवा मात्र गर्ने ध्येयले पार्टीमा काम गर्ने खरेलले वताए ।

उनले निर्वाचन आयोगमा सोमबार पार्टी दर्ता गराउने जनाकारी दिए । पार्टीको केन्द्रीय कमिटी ४९ सदस्यको हुने छ ।