मङ्सिर २३,काठमाडौं।
कोरोना भाइरस संक्रमण निको हुनेको संख्या नेपालमा लगातार वृद्धि हुदै गएको छ। कोरोना संक्रमण भई विभिन्न अस्पतालमा उपचार गराउदै आएका तथा आइसोलेशनमा बस्दै आएका कोरोना आज ३ सय २९ जना संक्रमितहरु निको भएसंगै निको हुनेको संख्यामा वृद्धि देखिएको छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारि कोरोना सम्बन्धि अद्यावधिक जानकारी अनुसार लगातार २ दिन देखि निको हुनेको संख्यामा वृद्धि देखिएको हो। मन्त्रालयका अनुसार देशभर संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ५ हजार ९ सय पुगेको छ। नेपालमा निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयको अद्यावधिक जानकारीमा उल्लेख गरिएको छ।
आज देशभर बाट ९ हजार ४ सय ५१ जनाको नमुना परिक्षण गर्दा २ सय ११ जनामा संक्रमण समेत देखिएको मन्त्रालयले जनाएको छ। योसंगै कुल संक्रमित संख्या ८ लाख २३ हजार ५ सय ५४ पुगेको हो भने नेपालमा कुल मृतक संख्या ११ हजार ५ सय ४९ पुगेको छ। आज २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
देशभर ६ हजार १ सय ५ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले बताएको छ। हाल देशभर ३३ लाख ७ हजार १ सय ७२ जना विभिन्न उमेर समुहका व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाईसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया