मङ्सिर २३ ,पर्सा।
अनसन बसेका रामजनम चौधरीको स्वास्थ्य अवस्था खराब हुदै गएको छ। पर्साको पटेर्वा सुगौली गाउँपालिका संग विभिन्न १० बुंदे माग राख्दै आमरण अनसन सुरु गर्नु भएको स्थानीय रामजनम चौधरीको स्वास्थ्य अवस्थामा खराब हुदै गएको छ। आमरण अनसनको आज ४ दिन हुन लाग्दा उहाँको स्वास्थ्य बिग्रिन लागेको रामजनम चौधरीले बताउनु भएको छ।
रामजनम चौधरीलाई कमजोरी महसुस हुन् थालेको उहाँले बताउनु भयो। ”हात खुट्टा सुन्निरहेको ,शरीर कामिरहेको र बोल्न सकिरहेको छैन” उहाँले भन्नु भयो। घामछायाँ संगको फोन सम्पर्कमा उहाँले पछिलो ४ दिन देखि केहि नखाई आमरण अनसन बस्दै आएको बताउनु भयो। अवस्था बिग्रेर आज स्लाईन चढाउन लागिएको छ। रामजनमको शरीरमा कमजोरी देखिन लागेको पटेर्वासुगौली कै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी दिनेश प्रसाद रौनियारले बताउनु भयो।
घामछायाँ संग कुरा गर्दै उहाँले,”रामजनमको भाईटल साइन कम दिखाइरहेको छ,र अहिले उहाँलाई स्लाईन चढाईएको छ ”भन्नु भयो।
विभिन्न १० बुंदे माग सहित चौधरी गाउँपालिका कार्यालय अगाडी ४ दिन देखि आमरण अनसन बस्दै आएका हुन्। पटेर्वा सुगौली वडा ३ का रामजनम अग्रिकल्चर इन्जिनियर हुन्।
उत्ता रामजनमको अधिकाशं माग नै अवैध रहेको पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले बताउनु भयो
। वैद्य मागहरु पुरा गर्ने प्रक्रिया सुरु भाइसकेको उहाले बताउनु भयो। उहाँले,”रामजन्मको खेलकुद शिर्षकको माग पुरा गर्न ३० लाख बजेट रहेको तर प्रक्रियागत हिसाबमा नआएकोले बजेट यथावत रहेको छ ,कृषि क्षेत्रको माग उपकरण सम्बन्धि छ जुन खरिद बिक्रि प्रक्रियामा गईसकेको छ। त्यसतै हाकिम सरुवाको माग गर्दा कारण स्पष्ट छैन।” भन्नु भयो।
उहाँले शिक्षा संग सम्बन्धित माग पुरा गर्न असमर्थ हुनुको कारण केन्द्रलाई दोष दिदै भन्नु भयो ,” हामीलाई ११ जना शिक्षक आवश्यक छ तर मात्र १०४ जना शिक्षक पठाएर केन्द्रले नै समस्या दिएको छ।”
साथै गाउँपालिका अध्यक्षले विद्यालय व्यवस्थापन समिति गठन गर्ने कार्य पनि सुरु भाईसकेको बताउनु भयो।

प्रतिक्रिया