नेप्सेमा गिरावट, सबै सूचक राताम्मे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, मंसिर २२

नेप्सेमा आज पनि भारी गिरावट आएको छ । आज बुधबार नेप्से ५३ दसमलव एक अंकले घटेर २४ सय ५५ दसमलव ८० अंकमा पुग्दा सेन्सिटिभ पनि नौ दसमलव ३४ अंकले घटेर चार सय ६४ दसमलव ७९ अंकमा पुगेको छ ।

आज दुई सय २६ वटा कम्पनीहरुको ४२ हजार नौ सय ४६ पटकको कारोवारमा ६५ लाख ६० हजार नौ सय ४७ कित्ता सेयर किनबेच भएकाछन भने कारोवार रकम दुई अर्ब ६६ करोड ३९ लाख नौ हजार छ सय २० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २६ दसमलव १३ अंकले घटेर १६ सय ७७ दसमलव ८३ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि ७४ दसमलव एक अंकले घटेर २१ सय ७१ दसमलव ८३ अंकमा पुगेको छ ।

यसैगरी बिकास बैंक, जलबिद्युत, निर्र्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि क्रमश घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा स्टान्र्डड चार्टड बैंक परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा भने सामुदायिक लघुबित्त बित्तीय संस्था परेको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेशनल हाईड्रो पावर कम्पनी परेको छ ।