काठमाडौं २१ मंसिर।
सरकारले ठूलो संख्यामा स्थानीय तहका कर्मचारीको सरुवा गरेको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले १ हजार ६ सय जनाभन्दा बढी कर्मचारीको काज सरुवा गरेको हो ।
मन्त्रालयले काज सरुवाको निर्णय मंगलबार सार्वजनिक गरेको हो । स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने गरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरुलाई मात्रै सरुवा गरिएको हो। यस निर्णयसंगै कर्मचारीले आफैले राजेको ठाउँमा काम गर्ने आवसर पाएका छन् ।
तर सरकारले मापदण्ड पूरा नगरेकाहरुलाई सरुवा गरेको छैन ।कर्मचारीले सरुवाको निवेदन दिएपनि सरुवाको निर्णय नभएका कर्मचारीहरुको हकमा कारणसहित निर्णय भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया