थपिए ३ सय बढी संक्रमितहरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर २१,काठमाडौं।
आज एकैदिन ३ सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन्। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको अद्यावधिक जानकारी अनुसार आज देशभर ३ सय १५ जना नयाँ संक्रमित थोइएका हुन्। योसंगै कुल संक्रमित संख्या ८ लाख २३ हजार १ सय २ पुगेको छ। आज गरिएको ११ हजार ८ सय १० जनाको नमुना परिक्षणबाट सो नतिजा आएको मन्त्रालयले जनाएको छ।
आजै देशभरका विभिन्न अस्पतालहरुबाट कोरोना जितेर ३ सय ४ जना घर फर्केका छन्। देशभर संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ५ हजार २ सय ५ पुगेको मन्त्रालयको अद्यावधिक जानकारीमा उल्लेख छ।

मन्त्रालयका अनुसार नेपालमा निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ। जुन विश्वको निको हुनेदर ९० दशमलव १ प्रतिशत छ। साथै विश्वभर हाल सक्रिय संक्रमित ७ दशमलव ९९ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
हाल नेपालमा हजार बढी सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा उपचाररत ६ हजार ३ सय ५२ सक्रिय संक्रमित रहेका छन्। देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५ सय ४५ पुगेको छ। आज थप २ जना संक्रमितको मृत्यु भए संगै यो संख्यामा वृद्धि भएको हो। ९८ जना अझै क्वारेण्टाईनमा समेत रहेको मन्त्रालयले जनाएको हो।