काठमाडौ २१ मंसिर
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले पहाडी भूभागमा आंशिक बदली रही देशका थोरै भू भागहरूमा हुस्सु र कुहिरो लागेको छ।
२०७८ मंसिर २१ गते मंगलबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक(दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यसैगरी राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई र यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
प्रतिक्रिया