२० मंसिर, काठमाडौं
संसदीय सुनुवाइ समितिले भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।
भारतका लागि प्रस्तावित राजदूत डा शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री,
र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।
साथै समितिले राजदूत सिफारिस समावेशी बनाउन पनि सरकारलाई निर्देशन समेत दिएको छ।सोमबार संसदीय सुनुवाइ समितिमा सांसदहरुको प्रश्नको जवाफ दिएपछि उनीहरुको नाम अनुमोदन भएको हो ।
मन्त्रिपरिषद बैठकले गत कात्तिक ११ गतेको भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।
अव ति राजदूतको नाम म संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।
प्रतिक्रिया