मङ्सिर २०,
आज देशभरबाट साढे तीन सय भन्दा अधिक संक्रमितहरु संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रालयले जारि गरेको अद्यावधिक जानकारी अनुसार आज ३ सय ५७ जना संक्रमण मुक्त भएका हुन्। यो संगै कुल संक्रमण मुक्त भइ घर फर्कनेको संख्या ८ लाख ४ हजार ९ सय १ पुगेको छ। नेपालमा संक्रमण निको हुने दर ९७ दशमलव ८ प्रतिशत देखिएको छ। आज ८ हजार ६ सय १७ जनाको गरिएको नमुना परिक्षणबाट २ सय ६५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको अद्यावधिक जानकारीमा उल्लेख गरिएको छ। कुल संक्रमित संख्या ८ लाख २२ हजार ८ सय ३० प्य्गेको छ भने आज २ जना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ।
नेपालमा संक्रमण भई ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५ सय ४३ छ। हाल देशमा ६ हजार ३ सय ८६ जना सक्रिय संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको हो। ९८ जना अहिले पनि क्वारेण्टाईनमा रहेका छन्।
प्रतिक्रिया