कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ नेपाल भित्रिएको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ २० मंसिर

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमीक्रोन भित्रिएको पुष्ट भएको छ । विभिन्न मुलुकमा आक्रमक रुपमा देखिएको सबैभन्दा संक्रामक मानिएको यस भाइरसका दुईजना संक्रमित नेपालमा पनि भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो।

मन्त्रालयका अनुसार दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आएका दुईजना विदेशी नागरिकमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो । जसमा नेपाल आएका ६६ वर्षीय र ७१ वर्षीय विदेशी नागरिक रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा ओमिक्रोन संक्रमित भेटिएपछि यसको बारेमा छलफल गर्न स्वास्थ्य मन्त्रालयमा मन्त्रिस्तरीय बैठक बस्न लागेको छ ।

सबैभन्दा पहिले यो भाइरस दक्षिण अफ्रिकामा भेटिएको थियो। भारतका विभिन्न प्रान्तमा १८ जनालाई यो भाइरस संक्रमण देखिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यो भेरियन्ट विश्वका करिब ४० मुलुकमा पुगिसकेको छ।
यो भेरियन्ट तीव्र संक्रामक भएकाले सचेत हुन संगठनले आग्रह गरिसकेको छ।