एक युगको योगदानलाई माओवादीले कदर गरेन;जालिम मियाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर २०, पर्सा।
एक युगसम्म दिएको योगदानलाई माओवादीले कदर नगरेको आरोप नेता जालिम मियाँले लगाउनु भएको छ। पर्साको जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाँलाई नचिन्ने सायदै कोहि होला। कोरोनाको पहिलो लहरको बेला भारतीय मिडियामा झ्याप-झ्यापी देखिनु भएको जालिम मियाँ अहिले माओवादी पार्टीबाट असन्तुष्ट हुनु भएको छ।
माओवादीले उनको योगदानको कदर नगरेकोले आफु निराश रहेको जालिम मियाँले बताउनु भएको छ। घामछायाँसंगको फ़ोन सम्पर्कमा उहाँले ,” १२ वर्ष अर्थात एक युगसम्म माओवादी पार्टीमा लागेर निरन्तर सक्रिय रही काम गरे तर माओवादीले मेरो योगदानको कदर गरेन” भन्नु भयो।
आउने २ हप्तापछि नेकपा एमालेका नव निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा जालिम मियाँ एमाले पार्टी प्रवेश गर्ने तयारीमा रहनु भएको छ। माओवादीले निराश बनाएकोले बाध्य भई एमाले प्रवेश गर्न लागेको उहाँको भनाई छ। तर माओवादी पार्टीको के काम र कुन पक्षबाट चित्त दुखेको हो भने प्रश्नको जवाफ दिन अहिले असमर्थ रहेको जालिम मियाँले भन्नु भयो। ”अहिले नै सबै कारण बताउन असमर्थ छु,म तीन दिनपछि सबै बताउने छु” उहाँले भन्नु भयो।
उहाँसंगै विभिन्न पार्टीबाट चुनाव जितेका एक दर्जन वडाअध्यक्षहरु र १/२ जना मेयरहरु पनि एमाले प्रवेश गर्ने तयारि रहेको उहाँले खुलासा समेत गर्नु भयो तर नाम सार्वजनिक गर्न अहिले ३ दिन कुर्नुपर्ने बताउनु भयो।

सम्भवत पौष ८ गते औपचारिक रुपमा नै एमाले पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको उहाँले बताउनु भयो।