मङ्सिर २०,खोटाङ्ग।
खोटाङ जिल्लामै पहिलो पटक शेर्पा नृत्य श्याब्रु प्रतियोगिता आयोजना हुने भएको छ । शेर्पा कार्यक्रम आयोजक र एसेलेखर्क गाउँपालिकको सहकार्यमा कार्यक्रम आयोजना हुने भएको हो । खोटाङ जिल्लामा रहेका शेर्पा समुदायको भाषा धर्म परम्परागत संस्कृतिक जगेर्ना गर्न गाउँपलिकाको प्रायोजनमा यो कार्यक्रम आयोजना गरिएको छ ।
युवा पुस्ताबाट टाढिदै गरिएका शेर्पा जातिको भाषा धर्म जगेर्ना गर्नका लागि भाषा धर्म प्रति युवाहरुको चासो राख्न यो कार्यक्रम आयोजना गर्न लगिएको शेर्पा कार्यक्रम आयोजक संस्थाका अध्यक्ष नुरु शेर्पाले बताउनु भयो । ”जिल्लामै पहिलोपटक आयोजना गरिएको यस शेर्पा नृत्य श्याब्रु प्रतियोगिता कार्यक्रममा जिल्लाका विभिन्न गाउँपलिक वडाहरुमा बसोबास गर्न शेर्पा युवाहरू विच प्रतिस्पर्धा हुन लागेको छ” उहाँले भन्नु भयो।
यस प्रतियोगिताको प्रथम पुरस्कर राशी ३० हजार, द्वितीय पुरस्कर २५ हजार र तृतीय पुरस्कार २० हजार रहेको अध्यक्ष तथा कार्यक्रम संयोजक नुरु शेर्पाले बताउनु भयो । श्याब्रु प्रतियोगिता तथा संस्कृतिक कार्यक्रममा विभिन्न ख्याति प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत उहाँले बताउनु भयो।
कार्यक्रम सफल बनाउन खोटाङ जिल्ला रुपाकोट मजुवागढि नगरपालिक मुडे निवासी हाल अमेरिकमा बसोबास गर्दै आउनु भएका अमेरिक शेर्पा संघका पुर्ब उपाध्यक्ष मिङमा शेर्पाले सह-प्रायोजक गर्नु भएको छ भने कार्यक्रमलाई सफलता पुर्वक सप्पन्न गर्न खोटाङ जिल्ला केपिलस घडि गाउँपलिका हिलेबन्जेङ निवासी हाल जापानमा बसोबास गर्दै आउनु भएका युवा समाज सेवि निमा शेर्पा र सिन्धुपाल्चोक भोटेकोसी गाउँपलिक तातोपानी निवासी हाल काठमाडौंमा बसोबास गर्नु हुने युवा समाज सेवि चेङ्गा शेर्पाले सहयोग गर्नु भएको छ।
गाउँपलिका प्रमुख विश्व नाथ निरौलाको प्रमुख अतिथिमा सप्पन्न हुने यस कार्यक्रम यहीँ पौष ३ गते शनिबार सिप्दुमा उद्घाटन गरिने आयोजकले जनाएको छ।
प्रतिक्रिया