मङ्सिर २०,
कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोनबाट भारतमा २१ जना संक्रमित हुन् पुगेका छन्। भारतीय संचार माध्यम आजतकका अनुसार भारतमा हाल २१ जना संक्रमितहरु पुष्टि भाइसकेका छन्। भारतको राजस्थान राज्यमा ९ जना , महाराष्ट्रमा ८, कर्नाटक प्रदेशमा २ जना , दिल्ली र गुजरातमा १-१ गरि २१ जना संक्रमित भेटिएको आजतकले जनाएको छ। ओमिक्रोन संक्रमित मध्ये अधिकांशले कोरोना विरुद्धको भ्याक्सिन लिइसकेका व्यक्तिहरु नै देखा परेकोले चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन्। संक्रमित मध्ये दक्षिण अफ्रिका भ्रमण गर्नेहरु धेरै रहेको आजतकले उल्लेख गरेको छ। धेरै नमुना परिक्षणको नतिजा आउन बाकि रहेकोले ओमिक्रोन सक्रमित संख्या बढ्न सक्ने सम्भावना उच्च रहेको आजतकले बताएको छ।
प्रतिक्रिया