काठमाडौ २० मंसिर
अहिले नेपालको पश्चिमी भूभागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभाग अन्तर्गतको मौसम पूर्वानुमाना महाशाखाका अनुसार देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
आज २०७८ मंसिर २० गते दिउँसो सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही वाँकी प्रदेशमा आंशिक बदली रहनेछ महाशाखाले जनाएको छ ।
त्यस्तै सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ।साथै ति प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरूका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
यसैगरी राती देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रही वाँकि भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरू तथा प्रदेश १, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
आज देशको उच्च पहाडी तथा हिमाली भुभागको केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।
प्रतिक्रिया