नेप्सेमा भारी गिरावट, कसले गुमायो धेरै ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौ १९ मंसिर

साताको पहिलो दिन आज आईतबार नेप्से ७२ दसमलव तीन अंकले घटेर २५ सय १३ दसमलव ८८ अंकले घटेको छ । जसको कारण सेन्सिटिभ पनि १४ दसमलव १५ अंकले घटेर चार सय ७३ दसमलव ३७ अंकमा झरेको छ ।

आज दुई सय २६ वटा कम्पनीहरुको ६० हजार ८८ पटकको कारोवारमा ८९ लाख २० हजार आठ सय ९४ कित्ता सेयर किनबेच भएकाछन भने कुुल सेयर कारोवार रकम चार अर्ब नौ करोड सात लाख ६५ हजार तीन सय २५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा १३ वटै समुहको ्सुचक घटेर नेप्से राताम्मै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव ७३ अंकले घटेर १७ सय चार दसमलव ५२ अंकमा पुग्दा फाईनान्स समुहको सुचक पनि एक सय आठ दसमलव ५४ अंकले घटेर २२ सय ८० दसमलव ७४ अंकमा पुुगेको छ ।

त्यस्तै निर्जिवन बीमा समुहको सुचक पनि दुुई सय ५१ दसमलव १२ अंकले घटेर ११ हजार दुुई सय २५ दसमलव १९ अंकमा पुग्दा बिकास बैंक, जलबिद्युत, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा ङादी ग्रुप पावर लिमिटेड रहेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा आईसीएफसी फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेशनल हाईड्रो पावर कम्पनी पहिलो स्थानमा परेको छ ।