नारायण गोपालको पुण्यस्मृतिमा सांगीतिक वृन्दवादन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मङ्सिर १९,काठमाडौं ।
स्वर सम्राट नारायण गोपालको ३१ औं पुण्यस्मृतिमा सांगीतिक कार्यक्रमा गरि उहाँलाई सम्झिएको छ। राजधानीको राष्ट्रिय नाच घरमा उहाँलाई सम्झिदै उहाँ कै गीतहरु गुञ्जाईएको छ। अन्नपूर्ण चेम्बर अर्केष्ट्राको आयोजनामा स्वर सम्राट नारायण गोपालले गाउनु भएका तथा उहाँले रचना गर्नु भएका गित र गजलहरु प्रस्तुत गरिएका छन्।
सांस्कृतिक संस्थानका विद्यार्थीहरु द्वारा नारायण गोपालले गाउनु भएका गीतहरु ,’मलाई न सोध ,कहाँ दुग्छ घाउ’,’पिउँदा पिउँदै जिन्दगि यो’,’जाग लम्क चमक हे नव जवान हो’,’मान्छेको माया’ लगायतका गीतहरुलाई प्रस्तुत गरिएका थिए। नारायण गोपाल सांगीतिक कोषको समन्वयमा सामुहिक गायन प्रस्तुत गरिएको थियो।
सांस्कृतिक संस्थानका गायक/गायिकाहरु मदनगोपाल,सुरजकुमार थापा,विपिन घिमिरे,एन्जेला सिंह ,शर्मिला आचार्य लगायातकाले आ-आफ्ना प्रतिभाहरु प्रस्तुत गर्नु भएको थियो। वाद्यवाधन यन्त्रका साथ् प्रस्तुति भाइराहदा दर्शकहरु भावुक भएका थिए। दर्शकहरुले नारायण गोपालको उपस्थिति यतै कतै भएको अनुभव गरेका थिए। उक्त अवसरमा उपस्थित दर्शक रमेश थापाले,” नारायण गोपाललाई प्रत्यक्ष नदेखे पनि आज यसै मंच वरिपरि उहाँ उपस्थिति हुनुभएको अनुभव भइरहेको छ।” भन्नु भयो।