मङ्सिर १९,काठमाडौं ।
कोरोना संक्रमण हुनेहरु भन्दा आज देशभर निको हुनेको संख्या दोब्बर देखिएको छ। नेपाल सरकार स्वास्थ्य ताहा जनसंख्या मन्त्रालयले दिएको अद्यावधिक जनाकारी अनुसार आज देशभरबाट २ सय ५ जना संक्रमित थपिएका छन् भने करिब साढे ४ सय जना निको भएका छन्।
मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालबाट ४ सय ३६ जना संक्रमण मुक्त भएका छन्। योसंगै संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या ८ लाख ४ हजार ५ सय ४४ पुगेको मन्त्रालयले बताएको छ। नेपालमा निको हुने दर ९७ दशमलव ८ प्रतिशत छ भने विश्वमा निको हुने दर ९० दशमलव २ प्रतिशत रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसार भरि ७ दशमलव ९ प्रतिशत मात्रै सक्रिय संक्रमित रहेका छन्।
आजको संक्रमण संख्या जोड्दा कुल संकमित संख्या ८ लाख २२ हजार ५ सय ९२ पुगेको छ। हाल देशभर ६ हजार ५ सय ७ जना सक्रिय संक्रमित रहेको सोहि अद्यावधिक जानकारीमा उल्लेख गरिएको छ।
आज भएको १० हजार ७ सय ४७ जनाको नमुना परिक्षणबाट सो नतिजा आएको हो। आज १ जना संक्रमितको मृत्यु समेत भएको छ। देशभर कुल मृतक संख्या ११ हजार ५ सय ४१ पुगेको छ।
देशभर ९७ जना व्कारेण्टाईनमा रहेका छन्।
प्रतिक्रिया