कोरोना बीमाको दावी रकम नपाउने डर

अर्थ मन्त्रालय मोडालिटिमै अल्झियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ १९ मंसिर

सरकारले नागरिकलाई कोराना बीमाको रकम उपलब्ध गराउने भने पनि बीमितले कोरोना बीमा बापतको रकम पाउनेमा आशंका उब्जेको छ । रकम भुक्तान गर्ने जिम्मा पाएको अर्थमन्त्रालयसँग यो रकम कहिले भुक्तान हुन्छ भन्नेमा प्रष्ट जवाफ नहुँदा बिमित अन्योलमा परेका छन्।

सरकारले बीमा कम्पनी, बीमा समिति र पुनर्बिमा कम्पनीले ब्यहोर्न नसकेको रकम आफूले ब्यहोर्ने बाचा गरेको थियो । तर, अहिले यसमा सरकारले चासो नदेखाउँदा अन्यौलता छाएको छ ।

झन्डै १२ अर्ब बराबरको रकम कहाँबाट दिने भन्नेमा सरकार अन्यौलमा परेको छ । अर्थ मन्त्रालयका प्रवक्ता रितेश कुमार श्रेष्ठका अनुसार मन्त्रालयले बीमा रकम भुक्तान गर्ने मोडालिटि बनाउदै छ।

बीमा समितिले रकम माग गरेपनि कसरी भुक्तान गर्ने भनेर मोडालिटि पेश नगरेकाले रकम भुक्तानमा अप्ठ्यारो परेको मन्त्रालयले जनाएको छ ।

अहिले कोरोनाको अहिले तेस्रो लहर फैलिने भय आम जनतामा पैदा भैसककेको छ। तर, पहिलो लहरमा नै संक्रमित भएका बीमितले अहिलेसम्म कोरोन बीमा बापतको दाबी रकम समेत पाउन सकेका छैनन् ।

हालसम्म बीमा कम्पनीहरुले १ अर्ब रकम भुक्तान गरेका छन् भने पुनर्बिमा कम्पनीले १ अर्ब भुक्तान गरेको छ । त्यस्तै बीमा समितिले १ अर्ब भुक्तान गरेको छ । यी कम्पनीहरुले अर्थमन्त्रालयले रकम दिएसँगै सोधभर्ना गर्नेगरि आफ्नो कोषबाट दाबी बापतको रकम भुक्तान गरेका हुन् ।