कमल थापा पराजित ‘हितैषि’को बर्चश्व

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

१९ मंसिर, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिको अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग कमल थापा पराजित भएपनि उनले काख च्यापेका अन्य पदाधिकारीले भने आफ्नो पकड कायमै राखेका छन् । कमल थापा नेत्तृव्व गर्न असफल भएपनि उनको पक्षले भने बर्चश्व जमाएको छ ।

राप्रपाको अध्यक्ष पदमा विजयी लिङ्देनले १ हजार ८ सय १७ मत पाउँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।

यस पटकको चुनावमा राप्रपाका चार उपाध्यक्षमध्ये तीन उपाध्यक्ष थापा पक्षका विजयी भएका छन् । त्यस्तै तीन महामन्त्रीमा दुई जना थापा पक्षका उम्मेदवार विजयी भए ।

खुला उपाध्यक्षमा पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ र ध्रुव बहादुर प्रधान तथा महिला उपाध्यक्षमा रोशनी कार्की विजयी भएका छन् । महिला उपाध्यक्ष कार्कीले थापा पक्षबाटै चुनाव लडेकी थिइन् ।

तामाङ र प्रधान पनि थापा पक्षका हुन् । खुला उपाध्यक्ष पदमा सर्वाधिक मत पाएर विजयी हुने उमेदवार विक्रम पाण्डे हुन् । उनले थापा र लिङ्देन दुवै पक्षबाट स्वीकार्य उम्मेदवार थिए ।

यता खुला महामन्त्रीमा डा( धवल शम्सेर राणा र भुवन कुमार पाठक विजयी भएका छन् । राणा लिङ्देन पक्षका र पाठक थापा पक्षका हुन् ।

महिला महामन्त्रीमा विजयी कुन्ती शाही पनि थापा पक्षकै हुन् । १८ वर्षदेखि राजनीतिमा सकृय उनले चुवाव भने आरक्षणको कोटावाट चुनाव लडेकी थिइन् । यता महिला महामन्त्रीमा लिङ्देन पक्षबाट भने रेखा थापा उम्मेदवार थिइन् । तर उनी पराजित भइन् ।

महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी हुँदा उनकी प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाएकी थिइन् ।

हेनुस् अन्य उमेदवारले कति मत पाए