मङ्सिर १९,काठमाडौं।
”नेताको प्रीय पात्र भएर राजनीति हुदैन” रेखा थापाले भन्नु भएको छ। राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालकी नेतृ रेखा थापाले राजनीति गर्न नेताको प्रीय पात्र बन्नु पर्दैन भने धारणा राख्नु भएको छ। राप्रपाको पार्टी एकीकरण अधिवेशनमा महामन्त्री पदको चुनाव नतिजा आए लगतै उहाँले यसो धारणा राख्नु भएको हो।
उहाँले पार्टीकी बलिया तथा अनुभवी नेतृ कुन्ती कुमारी शाही विरुद्ध महामन्त्री पदको लागि उम्मेद्वारी दिनु भएको थियो। रेखा थापा कुन्ती शाही संग ३६८ मतले पराजित हुनुभएको छ।
उहाँले आफ्नो धारणा लम्ब्याउदै ,” जनता मरुन् ,छटपटाउन् मतलब छैन ,एउटा नेतालाई खुशी पारे पद पाइदो रहेछ भने विरुद्धमा मेरो उम्मेद्वारी थियो” भन्नु भयो।
प्रतिक्रिया