राप्रपाको महिला तर्फको महामन्त्रीमा थापा पराजित शाही विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ १९ मंसिर

राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्री पदमा महिलातर्फ कुन्तीकुमारी शाही विज्ञयी भएकी छन् । उनले रेखा थापालाई पराजित गर्दै महामन्त्रीमा बाजी मारेकी हुन् ।

कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् भने रेखाले १६४० भोट ल्याएकी छन् ।

कुन्ती अध्यक्ष कमल थापा प्यानलबाट र नायिकासमेत रहेकी थापा लिङ्देन प्यानलबाट चुनाव लडेकी थिइन् । चुनावी प्रचारका क्रममा एक अर्काविच विबाद समेत भएको थियो ।